+
+

काशी विश्वविद्यालयको नेपाल चेयरमा डा. पौड्याल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते १२:०९

११ फागुन, काठमाडौं । भारत बनारसमा रहेको काशी हिन्दू विश्वविद्यालयको नेपाल चेयरमा पुनः डा. शिवप्रसाद पौड्याल नियुक्त भएका छन् ।

शिक्षामन्त्री धनिराम पौडेलले डा. पौड्याललाई तीन वर्षे कार्यकालका लागि पुनः नेपाल चेयरमा नियुक्त गरेकाछन् ।

सन् २०१४ मा नियुक्त भएका पौड्यालको पहिलो कार्यकाल गत जनवरी २९ मा सकिएको थियो ।

सन् १९४३ देखि काशी हिन्दू विश्वविद्यालयमा नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासको पठनपाठन हुँदै आएको छ । हालसम्म नेपालबाट १४ जना नेपाली भाषा साहित्यका विषय विशेषज्ञहरुले उक्त पदमा रही आफ्नो दायित्व निर्वाह गरिसकेका छन् ।

काशी हिन्दु विश्वविद्यालयमा हाल पाँच सयभन्दा बढी नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । त्यसैगरी १८ जना विद्यार्थीले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विषयमा विद्यावारिधिको शोधकार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?