+
+

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १२ गते १२:५८

 

लागूऔषध ओसारपसार अभियोगमा जापानमा दुई नेपाली बिद्यार्थी पक्राउ

टोकियो । लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानी प्रहरीले दुई नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ ।

उनीहरु पक्राउ परेको दुई महिना अगाडि नै हो । तर जापानी प्रहरीले अहिलेमात्र सार्वजनिक गरेको जापानी मिडियाले जनाएका छन् ।

भोकेसनल स्कुल पढ्दै गरेका २९ बर्षीय तापन तामाङ र पोखराकी २७ बर्षीया देवी गुरुङ दोङलाई जापान प्रहरीले टोकियोस्थित उनीहरुकै निवासबाट प्रकाउ गरेको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार उनीहरुले भारतको हवाई बाटो हुँदै ठूलो मात्रामा गाँजा, भाङ, चरेससहितका नशालु लागुऔषध, बाद्यबादन सामाग्रीभित्र राखेर जापान भित्र्याएका थिए ।

उक्त सामाग्री तामाङ र गुरुङ बस्दै आएको कोठामा कुरियर मार्फत पुगेपछि लागुऔषध ओसारपसारमा उनीहरुको संलग्न रहेको भन्दै जापान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनीहरुको साथबाट १८ किलो ६ सय ग्राम लागुऔषध फेला पारेको बताएको छ । बरामत गरिएको लागुऔषधको बजार मुल्य करिव १५ करोड येन भएको प्रहरीले दावी छ ।

जापानमा लागुपदार्थ ओसारपसारमा नेपालीको ठुलो गिरोह संलग्न हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?