+
+

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १७ गते १०:५८


१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटमा स्थानीय तहको निर्वाचन र नेपालको पूर्वाधार विकासबारे छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय चुनाव गरेर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा रहेको भन्दै चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे ।

जवाफमा राजदूत होङले संविधान कार्यान्वयन सकारात्मक दिशामा अघि बढेको भन्दै त्यसमा चीनको सद्भाव रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए । साथै उनले वान बेल्ट, वान रोड अन्तरगत विकास कार्यक्रम अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?