+
+

चुनावको महत्व नबुझ्नेले राजनीति गर्नुको तुक छैनः रामचन्द्र पौडेल

गणतन्त्र रक्षाका लागि मधेसी मोर्चालाई चुनावमा आउन आग्रह

ध्रुब भट्टरार्इ ध्रुब भट्टरार्इ
२०७३ फागुन २१ गते १०:२८

२१ फागुन, बिराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न नसक्ने हो भने उनीहरुले राजनीति गर्नुको कुनै तुक नरहने बताएका छन् ।
मधेसी मोर्चाले लोकतान्त्रिक प्रतिस्पर्धामा आएर जनताको मतमार्फत आफ्ना मागलाई दरिलो बनाउने अवसरका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्ने नेता पौडेलको भनाइ छ । मधेसवादी दलले स्थानीय चुनावको महत्व बुझ्नुपर्ने पौडेलले बताए ।
बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले लोकतान्त्रिक गणतन्त्रका मेरुदण्ड संघीयता, समावेशिता, गणतन्त्र र लोकतन्त्रलाई बचाइ राख्नका लागि पनि वैशाख ३१ गते निर्वाचन अनिर्वाय रहेको बताए ।
‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन अनिर्वाय छ,’ कांग्रेस नेता पौडेलले भने, ‘हामीले निर्वाचन समयमै गर्न सकेनौं भने जनआन्दोलनवाट प्राप्त उपलव्धी गुम्ने खतरा छ, यसको रक्षाका लागि मधेसवादी दल जिम्मेवार हुन आवश्यक छ ।’
नेता पौडेलले मधेस केन्द्रित दलहरुले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि चुनावमा भाग लिन अनिवार्य रहेको बताए । पहिला संविधान संशोधन भन्दा पनि स्थानीय तहको निर्वाचन अनिर्वाय भएको भन्दै उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मधेसवादी दल निर्वाचनमा जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?