+
+

एनटीसीमा २३ रुपैयाँमा २४ घण्टे प्रयोजनको १०० एमबी डाटा अफर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १९:४३


२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम हुने योजना अन्तर्गत फेसबुक प्याकेजमा २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमकी प्रवक्ता वैद्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?