+
+

बालाजुमा मनाइयो बाँदर दिवस

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ६ गते १२:३१


६ चैत, काठमाडौं । अन्तर्राष्ट्रि्रय बाँदर दिवस-२०१७ का अवसरमा राजधानीमा शनिबार एक कार्यक्रम आयोजना गरियो । बालाजु, बाइसधारामा आयोजित कार्यक्रममा बाँदर सम्वन्धी फोटो प्रदर्शनी, मानव-बाँदर द्वन्द्व न्यूनिकरण सन्देश एवं हास्यव्यंग्य समावेश गरिएका थिए ।

काठमाडौं उपत्यकाका विभिन्न स्कूलका विद्यार्थी, शिक्षक र अभिभावकको कार्यक्रममा उपस्थिति थियो । विद्यार्थीहरुबीच बाँदर संरक्षणका विषयमा निवन्ध तथा चित्रकला प्रतियोगिता गराई उत्कृष्टलाई पुरस्कार वितरण पनि गरियो ।

आगन्तुकहरुमाझ पनि बाँदर सम्बन्धी विभिन्न प्रश्नहरु सोधि सही उत्तर मिलाउनेलाई पुरस्कार दिइएको थियो । कार्यक्रममा सन्देशमूलक पोष्टर प्रदर्शन गरिएको थियो ।

हरियाली रक्षक नेपालले गत वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय बाँदर दिवस मनाउदै आएको छ । बाँदरसम्बन्धि अध्ययनकर्ता एवं सस्थाका अध्यक्ष विश्वनाथ रिजालले बाँदरलाई प्राकृतिक वासस्थानमा रमाउने र प्राकृतिक खानामै सन्तुष्ट हुने वातावरण सिर्जना गर्नुका साथै मानव-बाँदर द्वन्द्व न्यूनिकरणका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?