+
+

थ्रेसहोल्डमा कुरा नमिल्दा दल सम्बन्धी विधेयक आएनः कानुनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ८ गते १७:३२
पत्रकार सम्मेलनमा कानुनमन्त्री अजयशंकर नायक । तस्वीर: रासस

८ चैत, काठमाडौं । कानुन मन्त्री अजय शंकर नायकले दलहरुवीच थ्रेसहोल्डमा सहमति नजुट्दा राजनीतिक दल सम्वन्धी विधेयक अगाडि बढ्न नसकेको बताएका छन् । उनले थ्रेस होल्डमा देखिएको असहमति हटाएर उक्त विधेयकलाई फास्ट ट्रयाक विधिबाट छिट्टै टुंगोमा पुर्‍याउने पनि बताएका छन् ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने विधेयकहरु मन्त्रालयले समयमै बनाएको भन्दै मन्त्री नायकले राजनीतिक दल सम्बन्धी विधेयक भने दलहरुकै कारण अड्किएको बताएका हुन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नायकले उक्त बिधेयक केही दिनमै व्यवस्थापिका संसदमा पेश हुने जानकारी दिए ।

मन्त्री नायकका अनुसार संविधान कार्यान्वयनका लागि यसबीचमा संसदबाट ३९ वटा विधेयक पास गरिसकेको, ३७ वटा विचाराधिन रहेको र ९ वटा विधेयक मन्त्रालयमा सहमतिको क्रममा रहेका छन् ।

त्यसैगरी संविधान बमोजिम बनाउनुपर्ने संघीय कानुनका सम्बन्धमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय लगायतले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?