+
+

सरकार-मोर्चा सहमति नजिक, उपेन्द्र यादव भारतबाट फर्केपछि टुंगो लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ९ गते ७:१५

९ चैत, काठमाडौं । स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।

सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको आँकलन गरिएको हो ।

सरकार पक्षले यसअघि नै सीमांकनबाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?