+
+

बाघको छालासहित एक जना पक्राउ

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ चैत १६ गते १९:४९

१६ चैत्र, कैलाली ।दुर्लभ पाटेबाघको छालासहित प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट एक जनालाई पक्राउ गरेको छ । बाघको छाला तस्करी गिरोहमा संलग्न भएको अभियोगमा डडेल्धुरा स्थित परशुराम धाम नगरपालिका–५ का १८ वर्षीय सनम जाग्रीलाई पक्राउ गरेको हो ।

तस्करीमा संलग्न अर्का एक व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।गोप्य सूचनाका आधारमा सीआइबीको केन्द्रीय टिम र कैलाली प्रहरीको संयुक्त टोलीले अभियुक्तलाई बाघको छालासहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरबहादुर बुढामगरले बताए । फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए ।

बुढामगरका अनुसार बिक्री गर्ने उद्देश्यका साथ भारतबाट उक्त छाला ल्याइएको सोधपुछका क्रममा खुलेको छ ।अत्यन्त दुर्लभ मानिने उक्त बाघको छालाको लम्बाई १० फिट छ ईन्च र चौडाई दुई फिट १० ईन्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?