+
+

धुर्मुस सुन्तलीलाई अमेरिकाबाट २ करोड सहयोग, मुसहर बस्ती बनाउने रकम पुगेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १२:५१


२१ चैत, काठमाडौं । महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई १ करोड सहयोग आएको छ । बस्ती हस्तान्तरण् गर्न १० दिन बाँकी रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैयाँ सहयोग गरेको हो ।

धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस् भन्दै एसोसिएसन अफ नेपाली ईन मिनेसोटाले सहयोग गरेको हो । एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले वस्ती निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल’धुर्मुस’ लाई रकम हस्तान्तरण गरे ।

रायमाझीले फाउण्डेशनलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । धुर्मुस सुन्तलीको कामलाई आफूहरुले पहिलेदेखि नै हेरिरहेको भन्दै उनले भने, ‘उहाँहरु जस्तो मान्छेलाई सहयोग दिन पाउँदा हामी निकै खुसी छौं ।’

संस्थाले फाउण्डेशनलाई दिएको सहयोगमा अनुमानित २५ लाख बरावरको १९ सय जस्तापाता भने गोरखाको कुसुण्डे भन्ने ठाँउलाई दिनुपर्ने बताएको छ ।

सहयोग बुझेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल’धुर्मुस’ ले परियोजना सक्किन १० दिन बाँकी हुँदा आएको रकमले हौसला मिलेको बताए । उनले भने ‘ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौं, सहयोगका लागि धन्यवाद दिन चाहान्छौं ।’


बस्ती निर्माणका लागि आर्थिक तथा श्रम सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिँदै कट्टेलले बस्ती निर्माणका लागि राखेको अनुमानित रकम पुरा भएको घोषणा गरे । ५० वटा घर बनाउने भनिएपनि अहिले ५३ वटा घर बनेको भन्दै उनले बैशाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितीको लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?