+
+

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १ गते १७:१५

१ वैशाख, झापा । झापामा मोटरसाइकलको ठक्करबाट शुक्रबार एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको मे ७ प १०२० नम्बरको मोटरसाइकलको ठक्करबाट मेची नगरपालिका-११ का ५५ वर्षीय भीमप्रसाद बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका बराललाई उपचकारका लागि विएण्डसी हस्पिटलमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट मोटरसाइकल चालक मेची नगरपालिका-१३ का १८ वर्षीय प्रभात तामाङसमेत घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?