+
+

एनआइसी एशियाको सम्मुनती बचत खातामा ८ प्रतिशत ब्याज

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १०:४०


३ बैशाख, काठमाडौं । एनआइसी एशियाले सम्मुनती बचत खाता ८ प्रतिशत ब्याज दर प्रस्ताव गरेको छ । बैंकले शुन्य मौज्दातमा यो खता सुविधा दिन लागेको हो भने ५ लाखसम्म दैनिक कारोबार गर्नेले सबै शाखाबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यो बचत खाता खोल्नेले क्रेडिट कार्ड लिदासमेत विशेष छुट पाउने भएको छ । बैंकले खातावालालाई डेबिट कार्ड, एसएमएस सेवा र इन्टरनेट बैंकिङ निशुल्क जारी गर्ने भएको छ ।

एन आई सी एशिया बैंकले सबै वर्ग, उमेर समुह, पेशा तथा लिङ्गलाई समावेश गरी बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ । हाल बैंकले देश भरिका १ सय २ शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा थप शाखा सञ्चालन गर्ने उदेश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?