+
+

राज्य व्यवस्थाको निर्देशनः असन्तुष्ट दल पनि चुनावमा आउने वातावरण बनाऊ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १३:४२

३ बैशाख, काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको बैठकमा अधिकाशं सदस्यहरुले मधेसी मोर्चासहित असन्तुष्ट दलहरुलाई पनि लिएर निर्वाचनमा जानु पर्ने सुझाव दिएका थिए ।

उपप्रधानमन्त्री निधीले समेत मोर्चासँग सहमतिका लागि सम्वाद भइरहेको भन्दै पेलेर निर्वाचनमा जाँदा मुलुक द्वन्द्वमा फस्न सक्ने भन्दै सचेत गराएका थिए ।

राज्य व्यवस्था समितिले निर्वाचन आचार संहिताको कार्यान्वयनलाई कडाइ गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा स्थानीय तहमा आचार संहिता विपरितको गतिविधी बढेको तर आयोगले कारबाही नगरेको भन्दै सांसदहरुले गुनासो गरेका थिए ।

समितिले आगामी निर्वाचनको राज्य व्यवस्था समितिले अनुगमन गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन समेत दिएको छ ।

समितिले तराईका जिल्लाहरुमा आगलागीमा परेर घरवारविहीन परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसरी राहत उपलब्ध गराउँदा भूकम्प प्रभावित परिवारकै हैसियतमा हेर्न पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?