+
+

क्लासिक टेकको ‘डबल इन्टरनेट अफर’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते ११:१४

५ बैशाख, काठमाडौं । ७२ जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गरिसकेको क्लासिक टेकले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा द्रुत गतीको इन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ ।

अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ वार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबीपीएस अनलिमिटेड इन्टरनेट लिने ग्राहकहरुले २ एमबीपीएस इन्टरनेट मात्र ९ सय ९९ प्रति महिनामा नै पाउनेछन् ।

साथै ३ एमबीपीएस अनलिमिटे इन्टरनेट लिने ग्राहकहरुले ६ एमबीपीएस इन्टरनेट मात्र हजार १ हजार ९९प्रति महिना मा नै पाउनेछन् । कम्पनीले अफर अबधिभर नयाँ इन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाइबर डिभाइस निःशुल्क उपलब्ध गराएको छ ।

यस लगायत विश्वकै उत्कृष्ट जीपीओएन प्रबिधिमा आधाीरत फाइबर टु द होम इन्टरनेट सेवामा कनै पनि सेयरिङ रेसियो हन छैन ।

यो अफर आगामी वैशाख ३१ सम्मको लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?