‘जीग्री पाँडे प्रतिष्ठान नेपालले सप्तरीमा तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु भएको हो ।
हाँस्यकलाकार एवं समाजसेवी धुर्मस-सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले भवन निर्माणको शिलान्यास गरे । कार्यक्रममा सिताराम कट्टेलले ‘जिग्री पाँडे’ प्रतिष्ठानबाट राम्रो कामको गरेको भन्दै सामाजिक कार्यमा आउने दुःखहरुबाट हरेश नखाई अघि बढ्न सल्लाह दिएका थिए ।
‘काम गर्न निकै गार्हो छ । धेरै बाधा अर्चन खेप्नुपर्छ । यी कुराहरुलाई मनन् गर्दै काममा अघि बढ्नु । काम गर्दै जाँदा भोली कसैले प्रश्न नउठाओस् ।’दृष्टिबिहिनहरुको समाचार पढेपछि आफूहरुलाई सहयोग गर्ने इच्छा जागेर राजविराजमै आएको जीग्री पाँडे प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले बताए । ‘हामी दृष्टिबिहिन परिवारका लागि लत्ताकपडाहरु सहयोग गरौं भनेर यहाँ आएका थियौँ । तर, यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ, त्यो देखेपछि हामीले घर बनाइदिने योजना बनाएका हौ ।
करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4