+
+

बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ९ गते २२:१०

९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको मितिसार्न नसकिने बताएका छन् । उनले भने, ‘बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने, ‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन ।’

आयोगले निर्वाचनको लागि आवश्यक सबै सामाग्री जुटाइसकेको भन्दै उनले अघि भने, ‘निर्वाचन सुनिश्चित भइसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?

यद्यपि उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए । यादवले भने, ‘सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा निर्वाचन आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी लगायत निर्वाचनको लागि आवश्यक सामाग्री सम्बन्धित स्थानमा पुर्‍याउन शनिबारबाट ढुवानी सुरु भएको जानकारी दिए । उनले भने, ‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?