१० वैशाख, काठमाडौं । साझा पार्टीले निरूपमा यादवलार्इ काठमाडौं महानगरपालिकाको उपमेयरको स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरमा पूर्वसचिव किशोर थापालार्इ उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
स्थानीय तहको चुनावका लागि दल दर्ता नभएकाले साझा पार्टीले दलगत रूपमा भाग लिन पाउँदैन ।
उपमेयरकी उम्मेदवार ३९ वर्षीया यादव साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य एवं अधिवक्ता हुन् ।
गत १५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवको उम्मेदवारीलाई तराई र काठमाडौंलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरिएको साझा पार्टीले जनाएको छ ।
साझा पार्टीले मेयरमा किशोर थापाको उम्मेदवारी घोषणा गरे पनि उप-मेयरका लागि सहकार्यका लागि राजनीतिक सम्वाद गरेको थियो । तर, त्यो सम्भावना टरेको र समयको चापका कारण पार्टीले थप समय नखर्चने निर्णय लिएको उसले बताएको छ ।