+
+

मोहन र हर्षिकाको ‘मेरी कुसुम’लाई ‘पीजी’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १२:१५

जेठ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी कुसुम’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । चलचित्रमा समावेश एक एक्सनको दृश्यका कारण ‘पीजी’ सर्टिफिकेट पाएको सह-निर्माता रविन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार, चलचित्रलाई सेन्सरमा रुचाइएको छ ।

मे ५ मा चलचित्रको विशेष शो दुबइमा हुने भएकाले पनि यसको सेन्सर नेपाल प्रदर्शन भन्दा धेरै अगाडि गरिएको हो । एनआर घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ ।

यो चलचित्रको छायांकन म्याग्दी, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा गरिएको छ । कलाकार मोहन बोगटीले भने-‘हामीले यो चलचित्रमा प्रेम कथाका साथमा सामाजिक बिषयलाई उठान गरेका छौ ।’ ट्रेलर रिलिजसँगै मोहनको एक्सनलाई पनि चलचित्रमा खुबै रुचाइएको थियो । सुनिता शर्मा बोगटी यसको निर्मात्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?