+
+

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १६:५९

१८ बैशाख, नेपालगञ्ज । पौडि खेल्न गएका बाँके कोहलपुरका एक जना बालकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर-१२ डुडुवा मसुरीखेतका १३ वर्षीय सविन सिग्देलको मसुरीखेत नजिकैको डुडुवामा डुबेर मृत्यु भएको हो ।

सोमबार दिउँसो घटना भए लगत्तै ईप्रका कोहलपुरबाट प्रहरी निरीक्षक नवराज पोख्रेलको टोली घटनास्थल पुगेर आवश्यक अनुसंधान पछि मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?