बिवाहको मौसम छ । बिहेका लागि तयारी गरिरहेका कति युवतीको मनमा खुल्दुली पैदा हुन सक्छ, मेरो श्रीमान् कस्ता होलान् ? के हाम्रो दाम्पत्य सुखमय होला ?
किनभने सफल दाम्पत्य जीवनका लागि भौतिक सुख सयालले मात्र पुग्दैन । यसका लागि पति-पत्नीले एकअर्कामा गर्ने व्यवहार, सोच्ने शैली महत्वपूर्ण हुन्छ । यसका लागि पति वा पत्नीको स्वभाव कस्तो छ, उनीहरुले कस्तो संस्कार पाएका छन् भन्ने कुराले पनि भूमिका खेल्छ ।
आचार्य चाणक्यले बताएका कुरा यहाँ सान्र्दभिक हुनसक्छ । उनले भनेका थिए, कुन किसिमको पुरुषसँग गरिएको प्रेम वा बिवाह कहिल्यै असफल हुँदैन त ?
१. महिलालाई सम्मान गर्ने
यस्तो पुरुष, जो महिलालाई सम्मानजनक दृष्टिले हेर्छन् । भलै, उनकी प्रेमिका हुन्, पत्नी हुन् वा अरु कुनै महिला । यदि उसले महिलाको महत्वलाई बुझ्छन र सधै सम्मान गर्छन् भने त्यस्ता पुरुषसँग बनाएको सम्बन्ध दिगो र सुमधुर हुन्छ ।
२. अरु महिलालाई स्पर्श नगर्ने
पुरुष, जो अरु महिलाको स्पर्शबाट टाढै रहन्छन भने, त्यो उसको गुण सर्बोपरी हुन्छ । चाणक्यको अनुसार जुन पुरुष पत्नी वा प्रेमिकाबाहेक अरु कसैलाई वासनाको नजरले हेदैन र आफ्नो सम्बन्धलाई बचाउन हर किसिमले प्रयास गर्छन्, त्यस्ता पुरुषसँग जोडिएको सम्बन्ध कहिल्यै टुट्दैन ।
३. सुरक्षाको महसुष
पुरुष, जसको सानिध्यमा महिलाले सुरक्षाको महसुष गर्न सक्छन्, त्यस्ता पुरुषसँगको सम्बन्ध कहिल्यै टुट्दैन । यस्ता पुरुषले जहिले पनि महिलालाई सुरक्षाको महसुष गराउँछ । भनिन्छ, कुनैपनि पत्नीले आफ्नो पतिमा पिताको भूमिका खोज्छन् । जो पुरुष पत्नीका लागि सबैभन्दा ठूलो आड भरोसा बन्छन्, त्यस्ता पुरुषसँग जोडिएको सम्बन्ध कहिल्यै फिका र रुखो हुँदैन ।
४. शारीरिक सुख
दाम्पत्य सम्बन्धमा शारीरिक सुखको पनि जरुरी हुन्छ । यस्तो पुरुष जो, आफ्नी पत्नीलाई शारीरिक सुख प्रदान गर्छन्, पत्नी सदैव प्रशन्न रहन्छिन् । फूल जस्ता प्रेमिका र पत्नीको स्पर्श गर्ने व्यक्तिको सम्बन्ध कहिल्यै टुट्दैन ।
प्रतिक्रिया 4