२० बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको भौतिक विकासका लागि अमेरिकामा बसोबार गर्दै आएका सिन्धुपाल्चोकका एक युवाले ३ लाख आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक तातोपानी गाउँपालीका तीनका दावा पासाङ तामाङले पाथीभरा क्षेत्रमा भौतिक विकासका लागि नगद तीन लाख रुपैयाँ प्रदान गरेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ ।
पाथीभरा देवीबाट प्रभावित भएकोले यहाँको विकासका लागि सहयोग पुगोस भनेर रकम प्रदान गरेको तामाङलाई उदृत गर्दै पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिए ।
सहयोग रकम पाथीभरा मन्दिर बिकासको गुरुयोजना अन्तर्गतका काममा प्रयोग गरिने निर्देशक भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4