+
+

बाहुबली हेर्न प्लेन चार्टर्ड गरेर कलकत्ता आए ४० बंगलादेशी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ९:४८

भारतमा धुम मच्चाइरहेको बाहुबली-२ को प्रभाव छिमेकी देशहरुमा पनि फैलिएको छ । हालै मात्र बंगलादेशबाट ४० जना दर्शक यो फिल्म हेर्न प्लेन चार्टर्ड गरेर कलकत्ता आएका छन् ।

ती फ्यानमध्येका एक जनाले कटप्पाले बाहुबलीलाई किन मार्‍यो भनेर जान्न यति दुख गरेर आएको भारतीय सञ्चारमाध्यमलाई बताए ।

‘हामी दुई वर्षदेखि बाहुबली २ को प्रतिक्षामा थियौं,’ उनले भने, ‘हामी यही जान्न व्यग्र थियौं कि कटप्पाले बाहुबलीलाई किन मार्‍यो ।’

गत शुक्रबार रिलीज भएको बाहुबली २ ले चार दिनभित्रै ६ सय २० करोड रुपैयाँ कमाएर सनसनी मच्चाएको छ । यो फिल्म विश्वव्यापीरुपमा ९ हजार स्त्रिmनमा रिलीज भएको थियो । यसमा प्रभश, राणा दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्णन लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?