+
+

कालिकोटको रास्कोट नगरपालिकामा कांग्रेस र राप्रपाबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ११:०५

२१ बैशाख, कालिकोट । यहाँको रास्कोट नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

दुवै पार्टीले वैशाख १९ गते दर्ता गराएका उम्मेदवारको नाम फिर्ता लिएर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुख राप्रपाले लिने गरी चुनावी तालमेल गरेका हुन् ।

राप्रपाबाट मेयरका उम्म्ोदवार बनेका कालिबहादुर शाही र कांग्रेसकी उपमेयरकी उम्मेदवार भाजना शाहीले उम्मेदवारी फिर्ता लिएका छन् ।

अब नेपाली कांग्रेसका दानबहादुर बम मेयर र राप्रपाका हजा सुनार उपमेयरका लागि एमाले र माओवादी केन्द्रसंग प्रतिस्पर्धा गर्ने छन् ।

कांग्रेस र राप्रपाले वडाहरुमा पनि दुई दलबीच चुनावी तालमेल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?