News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनका सांसदहरूलाई सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रशिक्षण दिएको छ।
- सभापति गगनकुमार थापाले सांसदलाई सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिएका छन् ।
- दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे छलफल गरी संसदमा कसरी उठाउने भन्ने एजेन्डा तय गरिने नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन्।
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनका सांसदहरूलाई प्रशिक्षण दिएको छ । आज सभापति गगनकुमार थापाले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण दिएका हुन् ।
जारी प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सांसदहरू सहभागी छन् ।
सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।
दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारे पनि एजेन्डा तय गरिने नेता आङ्देम्बेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4