+
+

सभामुखले भनिन्- सबै आफ्नो सीमामा बस्नुपर्छ

'संसदमा प्रवेश गरेको विषय संसदको विशेषाधिकार हो'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १७:१९

२४ बैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताएकी छिन् ।

व्यवस्थापिका संसदको शंकर हलमा आइतबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संसदमा प्रवेश गरिसकेको विषयमा संसदको विशेषाधिकार रहने बताइन् ।

घर्तीले अदालतको नाम उच्चारण नगरे पनि महाअभियोग प्रस्तावतर्फ लक्षित गर्दै त्यसमा संसदको विशेषाधिकार रहेकाले अदालतले हस्तक्षेप गर्न नमिल्ने संकेत गरिन् ।

उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकावीच बढेको तिक्ततालाई सम्वादको प्रक्रियाबाटै समाधान गर्न लागि दलहरुलाई समय दिने उद्देश्यले जेठ ४ गतेसम्म संसद स्थगन गरेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?