+
+

गायक तामाङ र क्षेत्रीले युएई तताउने

राम ढुंगेल राम ढुंगेल
२०७४ वैशाख २५ गते ११:०७


८ मे, युएई । युएईको राजधानी अबुधावीमा दुई सांगीतिक प्रस्तुति हुने भएका छन् । गायक, संगीतकार तथा कलाकार रविन तामाङले आगामी मे १३ र पपगायक विपुल क्षेत्रीले  मे २० मा लाइभ प्रस्तुति दिने भएका हुन् ।

रक र पप संगीतका पारखीहरु यी दुई गायकको आगमन हुने खबरले उत्साहित भएका छन् ।

नेपाली रक सङ्गीतमा स्थापित ब्याण्ड रविन एन्ड द रिभोलुसन ब्यान्डको प्रस्तुति मे १३ अबुधाबीको ला मेरिडियन होटलमा हुने आयोजक सहयोगी गायक प्रकाश पौडेलले जानकारी दिए ।

हार्ड रक प्रस्तुति रहने उक्त ब्यान्डको भोकलमा स्वयम् रविन रहनेछन् भने गितारमा दिपेश, वेसमा श्याम महर्जन हुनेछन् । युएईमै प्रोफेसनल रुपमा डिजे गरिरहेका डिजे फरेको पनि प्रस्तुति रहने जनाइएको छ ।

साँझ ६ बजेदेखि ११ बजेसम्म आयोजना हुने उक्त कार्यक्रमका लागि अबुधाबीका अधिकांश नेपाली व्यावसायीले प्रायोजन गरेका छन् ।

अबुधाबीको इमिरेट्स प्लाजा होटलमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने क्षेत्रीको प्रस्तुतिमा डिजे राजेश र पार्थको पनि प्रस्तुति रहने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?