+
+

बिहेका लागि ‘बिशेष पास’ चाहियो भन्दै निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते १६:१३

२७ वैशाख, काठमाडौं । पहिलो चरणको निर्वाचन हुने स्थानहरुमा बैशाख ३१ गते मतदानको दिन सवारी चलाउन पाइँदैन । उम्मेदवार, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायतका लागि विशेष पासको व्यवस्था गरिएको छ ।

तर, पास चाहियो भन्दै जिल्ला प्रशासन कार्यालयमा उम्मेदवार र पत्रकार मात्र पुगेका छैनन् । मतदानको दिन विवाह कार्यक्रम परेको भन्दै निवेदन दिएको भेटिएको छ ।

स्थानीय प्रशासनले भने यो माग अस्वीकार गरेको छ । निर्वाचन सुरक्षाका कारण विवाहमा प्रयोग हुने गाडीलाई बिशेष पास दिन नसक्ने उसले बताएको छ ।

अधिकृत महेश दाहालले भने, ‘बिवाहका लागि बिशेष पास चाहियो भन्दै निवेदन आएका छन्, तर कार्यविधीमा त्यस्तो व्यवस्था नभएका कारण हामीले दिन सकेनौं ।’

१५ सय बिशेष पास वितरण

काठमाडौं उपत्यकामा मात्र मात्र बढी विशेष पास वितरण भएको पाइएको छ । पत्रकारका लागि सुचना विभागको सिफारिसमा र अन्य व्यक्तिका लागि निर्वाचन आयोगको सिफारिसमा त्यस्तो पास वितरणको काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन आयोगबाटै पास वितरण गरिरहेको छ । अधिकृत महेश दाहालका अनुसार अहिलेसम्म चुनावको दिनका लागि संचारकर्मी, पर्यटक, उम्मेदवार, पर्यवेक्षक, कुटनीतिक नियोगका सवारी साधन, अन्र्तराष्ट्रिय संघ संस्था र विमानस्थलसँग सम्वन्धित संघसंस्था लगायतलाई करिब १५ सय बिशेष पास वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?