+
+

रेखा र छुल्ठिमको ‘डायरी’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ८:१५

प्रतिक्षित चलचित्र ‘डायरी’ आजबाट देशभरका करिब ८० हलमा रिलिज भएको छ । वैशाख १ गतेपछि कुनै पनि ठूलो नेपाली चलचित्र रिलिज भएको थिएन ।

जसकाकारण, पनि आजबाट रिलिज भएको चलचित्र प्रतिक्षामा थियो । नायिका रेखा थापालाई पहिलो पटक खलपात्रको भूमिकामा देखाइएको यो चलचित्रमा छुल्ठिम गुरुङ र नव–नायक सन्नी सिंहको मुख्य भूमिका छ ।

अनिल योञ्जनले निर्देशन गरेको यो चलचित्र बदलाको कथामा बनेको छ । एफडी कम्पनीले काठमाण्डौ बाहिर करिब ६५ वटा हलमा चलचित्र रिलिज भएको जनाएको छ ।

यस्तै, काठमाण्डौमा यो चलचित्र २ दर्जन हला लागेको छ । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, राजकुमार उप्रेतीको एक्सन, छेतन गुरुङको कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?