Comments Add Comment

काठमाडौं महानगरपालिका २ नम्बर वडामा एमालेको प्यानलै बिजयी

५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एमालेको पूरै प्यानल बिजयी भएको छ ।

वडा नम्बर २ को मत गनिसक्दा एमालेका राजेन्द्र श्रेष्ठ एक हजार ४० मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोदराज शर्माले एक तिहाईमात्र मत अर्थात ६८४ मत मत प्राप्त गरे ।

वडा सदस्यहरुमा पनि एमालेकै प्यानल बिजयी भएको छ । बिजय हुनेमा महिमला सदस्य पूर्णलक्ष्मी रजक, दलित महिलामा इश्वरी परियार र खुला सस्यमा मदमकाजी महर्जन र बिमल गुरुङ छन् । २ नम्बर वडा लाजिम्पाट क्षेत्रमा पर्छ ।

यो सँगै महानगरपालिकामा एमालेले अहिलेसम्म गणना सकिएको दुवै वडा जितेको छ । यसअघि १ नम्बर वडाध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ निर्वाचित भएका थिए ।

काठमाडौंको मेयरमा पनि एमालेकै विद्यासुन्दर शाक्यले करीव ३ हजार ५ सय मतान्तरले अग्रता लिइरहेका छन् । काठमाडौं महानगरपालिकामा ३२ वडा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment