+
+

बर्दियामा काँग्रेसबाट पत्रकारद्वय उम्मेदवार

रासस रासस
२०७४ जेठ १० गते ११:३४

१० जेठ,बर्दिया । यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।

वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका-७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नं ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् ।

बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पुर्‍याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठलाई अत्यधिक मतका साथ वडा सदस्यमा बिजयी बनाउन चुनाव प्रचारप्रसार समितिले सबैमा आग्रह गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?