Comments Add Comment

काठमाडौंको वडा नम्बर ११ मा कांग्रेसको प्यानलै बिजयी, १२ को वडाध्यक्ष एमालेलाई

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानलै विजयी भएको छ भने वडा नम्बर १२ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसका हिरालाल तण्डुकार निर्वाचित भएका छन् । उनले ११८० मत प्राप्त गरे । त्यस्तै ११९३ मतसहित महिला सदस्यमा आशा श्रेष्ठ रौनियार र १२९२ मतसहित दलित सदस्यमा यशोमती परियार निर्वाचित भइन् ।

खुल्ला सदस्यमा पनि कांग्रेसकै दिपेश राउत क्षेत्री ११७३, सरोजकुमार मुल्मी ११५६ मतसहित निर्वाचित भए ।

यता वडा नम्बर १२ मा भने नेकपा एमालेका अध्यक्ष र २ सदस्य निर्वाचित भएका छन् भने कांग्रेसका दुई सदस्यले चुनाव जितेका छन् ।

एमालेका बिकाश डंगोल १६७० मतसहित अध्यक्षमा निर्वाचित भए । त्यस्तै दलित सदस्यमा एमालेकै उसिला पोडेले १५२० मत ल्याएर विजयी भइन् । खुल्ला सदस्यमा पनि एमालेका रत्नकाजी महर्जनले १४२५ मतसहित जित हासिल गरे ।

यस वडाबाट कांग्रेसले महिला सदस्य र खुल्ला सदस्यमा जित हासिल गर्‍यो । नानीहिरा महर्जनले १६५० मत ल्याएर महिला सदस्य र पुष्प महर्जनले १३५७ मत ल्याएर खुला सदस्यमा जित हासिल गरे ।

तस्वीरः कमल प्रसार्इं/अनलाइनखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment