+
+

परम्परा जोगाउन भन्दै सुरु गरियो निर्वस्त्र स्कुल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १८ गते १४:१६

जापानीहरु सदैव आफ्नो अनौठो हर्कतका लागि चिनिन्छन् । फेरि यस्तै अनौठो समाचार आएको छ ।

यो पछिल्लो खबर चाहीँ सामुहिक स्नानघरको हो । राजधानी टोकियोमा रहेको हिनोदेयु बाथ हाउस नामक सामूहिक स्नानघर यसकारण चर्चित छ की यहाँ मानिसहरुले निर्वस्त्र रुपमा सामूहिक रुपमा नुहाउने गर्दछन् ।

यो सुन्दैमा अनौठो लाग्दछ । खासगरी जापानी युवाहरुलाई आकषिर्त गर्नका लागि यो स्नानघरको निर्माण गरिएको हो ।

यो सामूहिक निर्वस्त्र स्नानघर खोल्नुको एउटा उद्धेश्य चाहीँ जापानी युवाहरुलाई सामूहिक स्नानको पूरानो परम्परालाई सम्झाउनु हो ।

जापानमा दशकौंदेखि सामुहिक स्नानको परम्परा चलिआएको छ । यस्तो सामूहिक स्नानलाई सिन्टो भनिन्छ ।

आजकल आधुनिक जीवनशैलीका कारण घरमा अत्याधुनिक बाथरुम बनेसँगै सिन्टो परम्परा लोप हुन थालेको छ । जसका कारण उक्त अनौठो निर्वस्त्र सामुहिक स्नानघर खोलिएको हो ।

उक्त सामूहिक निर्वस्त्र स्नानघरमा नुहाउन आउने युवाहरुले अरु धेरै कुरा सिक्दछन् पनि ।

नुहाउने बेला यहाँ विभिन्न खेल पनि खेल्न पाइन्छ । साथै जिवन जिउने विभिन्न तरिकाहरु एक अर्कामा शेयर गर्दछन् । त्यसैले यसलाई निर्वस्त्र स्नानघर मात्र होइन की निर्वस्त्र स्कुल नै भन्ने गरिएको छ ।

यो निर्वस्त्र स्नानघर तथा स्कुलमा नुहाउन र सिक्नका लागि झण्डै ४ सय रुपैयाँ बराबर मूल्य तिर्नुपर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?