+
+

गलत हल्लाले म्यादी प्रहरी आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते ६:००

२४ जेठ, काठमाडौं । थोरै तलब पाएको भन्दै ललितपुरका म्यादी प्रहरीले नाराबाजी गरेका छन् । प्रहरीले गलत हल्लाको पछि लागेर आचरणविपरीतको काम गरेको भन्दै उनीहरुमाथि कारबाही गरिने जनाएको छ ।

‘गलत हल्लाकै भरमा उनीहरुले आन्दोलन गर्न खोजेका रहेछन्,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘गलत समाचारको पछि लागेर उनीहरुले तलब बुझ्न नमानेका रहेछन् ।’

ललितपुर प्रहरीले म्यादी प्रहरीलाई ५५ दिनको तलबभक्ता प्रतिव्यक्ति ५४ हजार दुई सय ९४ रुपैयाँ वितरण सुरु गरेको थियो । तर, केही म्यादीहरुले त्योभन्दा धेरै तलब पाउनुपर्ने भन्दै मंगलबार नाराजुलुस गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?