+
+

आमिर खान अन्तरिक्षयात्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते १०:१३

बलिउड अभिनेता आमिर खानलाई बायोपिकमा लत बसेको छ । दंगलको अपार सफलतापछि अब उनी अर्को बायोपिकमा देखिने तयारीमा छन् ।

भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनमाथि बन्ने फिल्ममा आमिरले मुख्य भूमिका निभाउन लागेका हुन् ।

यसअघि यो फिल्मको नाम ‘सारे जहाँ से अच्छा’ राखिने चर्चा थियो । तर, अहिले फिल्मको नाम ‘सल्युट’ फाइनल गरिएको छ ।
हाल आमिर ‘ठग्स अफ हिन्दूस्तान’ को काममा व्यस्त छन् । यसमा कैटरिना कैफ उनको अपोजिटमा छिन् । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । यो फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?