+
+

बुटवलः वडामा एमालेको ‘क्लिन स्वीप’, मेयरमा कांग्रेसको टक्कर

 कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ असार १९ गते ११:३९


१९ असार, बुटवल । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ मा कांग्रेसले जितेको एक महिला सदस्यलाई छाड्ने हो भने क्लिन स्वीप गरेको छ ।

तर, मेयरमा भने कांग्रेसले कडा टक्कर दिइरहेको छ ।

बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।

सोमबार विहान सवा १० बजेसम्म २५ हजार मत गणना भएको छ ।

मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी गोमा आचार्यले १३ हजार ५४१ मत ल्याएकी छन् । त्यस्तै नकपा माओवादी केन्द्रका जयतबहादुर पोखरेलले ७ हजार ८ सय १५ मत पाएका छन् ।

असार १५ गतेबिहानबाट सुरु भएको गणना सकिन अझै कम्तिमा अझै पाँच दिन लाग्ने अनुमान छ ।

बुटवल उपमहानगरमा १९ वटा छन् । जसमध्ये १ र ५ लाई कांग्रेसले आफ्नो पकड मान्दै आएको थियो । तर, योपटक दुबै वडामा एमालेले जित हात पारेको छ । मतगणना सम्पन्न भएको १० वटै वडामा एमालेले जित दर्ता गरेको हो ।

वडा न १ मा १ जना महिला सदस्यमा कांग्रेसले जितेको छ भने अन्य सबै वडामा एमालेको प्यानल नै विजयी भएको हो ।

वडामा जितेको एमाले मेयरमा किन कमजोर ?

एमालेको बिजयी वडाअध्यक्षका साथमा मेयर र उपमेयरका उम्मेदबारहरु ।

वडामा प्यानलै जितेको एमालेले मेयरमा भने उसले अपेक्षा गरे अनुसार अग्रता लिन सकेको छैन ।

यसमा दुई कारण छन् । एकः वडामा एमालेले पाएको भोट मेयरमा कांग्रेसले पनि पाएको छ । दोस्रोः माओवादीले मेयरमा समर्थन गरेकाले पनि खेलराजले केही मत पाएका छ्न ।

एमालेले वडाकै तुलनामा मेयरमा पनि मत पाएको भए अहिले शिवराज जितको नजिक पुगेका हुन्थे तर, अहिलेसम्म मेयरमा कस्ले जित्छ भन्ने अझै टुगो लाग्न सकेको छैन ।

मतपरिणाम प्रति कांग्रेस-एमाले दुबै असन्तुष्ट

बुटवलमा पाएको मतप्रति कांग्रेस र एमाले दुबै सन्तुष्ट छैनन् । एमालेले पनि वडा जितिरहँदा मेयरमा धेरै मतान्तर बनाउन सकेको छैन । कांग्रेसले पनि वडा हारेपनि मेयरमा मतान्तर नजिक हुँदा आशा मारेको छैन ।

कांग्रेसले जित्ने आशा गरिएका वडा न १, ५ ,८ र ९ पनि एमालेले जितेपछि कांग्रेस बृत्तमा तनाव थपिएको छ । एमालेले आशै नगरेका चारैवटा वडा जित्दा पनि मेयरमा ठूलो मतान्तर नहुँदा नतिजा के हो भन्ने अन्यौत कायमै छ ।

वडा न. ११ ले गर्छ, जित हारकै फैसला

वडान ११ का उम्मेदबार कांग्रेसका साबित्रा टण्डन र एमालेका रामचन्द्र क्षेत्री मतगणनास्थल बाहिर ।

सोमबार बिहानबाट बुटवल उपमहानगरामा सबैभन्दा धेरै मतदाता ११ हजार ६२३ भएको वडा नम्बर ११ को मतगणना शुरु भएको छ । वडा न ११ मा ८ हजार १६ मत खसेको थियो ।

११ नम्बरको वडा गनेर सिध्याउन कम्तिमा मंगलबार बेलुकासम्म लाग्ने अनुमान गरिएको छ ।

सुकुम्बासी बस्ती पनि वडा न ११ मा पर्छ । बुटवलमा चुनाव कसलाई जिताउनेे भन्ने सुकुम्बासीको मतले नै तय गर्नेछ
वडा न ११ मा बुटवल उपमहानगरपालिकाकै एकमात्र महिला वडाअध्यक्ष साबित्रा टण्डन मैदानमा छन् । उनीसँग एमालेका रामचन्द्र क्षेत्री मैदानमा छन् ।

एमालेका विजेता वडाध्यक्षहरु

वडा नं. १ः महेन्द्र लिगल
वडा नं. २ः रमेश नेपाल
वडा नं. ३ः लालप्रसाद बस्याल
वडा नं. ४ः टंक पराजुली
वडा नं. ५ः तेजप्रसाद सेन्चुरी
वडा नं. ६ः जगदीश आचार्य
वडा नं. ७ः कमलप्रसाद थापा
वडा नं. ८ः भिमबहादुर श्रेष्ठ
वडा नं. ९ः बिष्णु बा.थापा
वडा नं. १०ः पदम थापा

तस्बीर कपिल ज्ञवाली/अनलाइनखबर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?