+
+

लिङ्ग उठाउन भन्दै जनताले उठाए २३ लाख

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते ११:५३


नर्वेली जनताले लिंगको मर्मत गरी पुनः उठाउन भन्दै २० हजार युरो रकम संकलन गरेका छन् ।

नर्वेको रोगल्याण्डमा रहेको चर्चित ट्रोल पिकेन अर्थात् लिंगे ढुंगालाई केही उछृंखल व्यक्तिहरुले प्वाल पारेर ढालेपछि उक्त लिंग आकारको ढुंगालाई पुनः ठड्याउनका लागि रकम संकलन गर्ने अभियान सुरु भएको थियो ।

लिंग आकारको उक्त विशाल ढुंगा हालै कसैले ड्रिल गरेर ढालेको अवस्थामा फेला परेको थियो । ढुंगोलाई कसले फेदबाटैै काटेर ढाल्यो भन्नेचाहिँ पत्ता लागेको छैन र अधिकारीहरुले यसको अनुसन्धान सुरु गरेका छन् ।

उता उक्त लिंगे ढु्ंगाको मर्मत गरी पुनः ठड्याउने र त्यसलाई पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने लक्ष्य अभियानकर्मीहरुको छ ।

उक्त लिंगे ढुंगाको मर्मत गरी त्यसलाई ठड्याउनुका साथै लिंगे ढुंगासम्म पुग्ने बाटो समेत सुधार गरी धेरै भन्दा धेरै मानिसहरुलाई लिंगे ढुंगासम्म पुर्याउने लक्ष्य उनीहरुको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?