+
+

इलाम नगरपालिकाका प्रतिनिधिहरुद्वारा पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते १७:३४

२२ असार इलाम । इलाम नगरपालिकामा विजयी प्रतिनिधिहरुले विहीबार सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

नगरका मेयर महेश बस्नेत, उपमेयर सुशीला नेम्बाङसहित वडा नगरका १२ जना वडाध्यक्ष र सदस्यहरुले सपथ र पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत नजराज दाहालले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नका साथै मेयर र वडाध्यक्षहरुलाई सपथ गराएका थिए ।

लगत्तै मेयर महेश बस्नेतले निर्वाचित वडा सदसस्यहरुलाई सथप गराएका थिए । कार्यक्रममा शुभकामना दिन पुर्व सभामुख सुवासचन्द्र नेम्बाङ पनि उपस्थित भएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा इलामको सूर्याेदय नगरपालिका र देउमाई नगरबाट निर्वाचित मेयरहरु रनबहादुर राई र सुर्य पोख्रेल उपस्थित थिए ।

हाल नगरपालिकाको भवन निर्माणधीन रहेकाले इलामको ठूलो टुँडिखेल नजिकै रहेको नारी विकास संघको भवन भाडामा लिएर मेयर र उपमेयरको कार्यकक्ष बनाइएको छ । मेयर र उपमेयरले सोही घरमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणमा बाक्लो उपस्थिति रहेकाले अव्यवस्थित बनेको थियो । कतिपय वडाध्यक्ष र सदस्यहरु पदको प्रमाण पत्र लिएर बस्ने ठाउँ नपाएर उभिएर कार्यक्रममा सहभागिता जनाइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?