+
+

कीर्तिपुरका भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २८ गते १८:३४

२८ असार, काठमाडौं। कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ ।

उनका अनुसार सभाले नयाँ आर्थिक वर्षको ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६  करोड ९५ लाख र चालुतर्फ १२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि १९ करोड नगर सडकका लागि रु पाँच करोड, युवालाई स्वरोजगार बनाउनका लागि  एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि  ५० लाख बजेट छुट्याएको छ ।

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं- ४ र ६ बाहेक प्रत्येक वडामा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले ७० लाख बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी गराए । सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?