+
+

आईएमएफ र उद्योेग बाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २९ गते १९:४८

२९ असार काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय मुद्रा कोषको एशिया प्रशान्त शाखाका उपप्रमुख जेरार्ड जे.आमकिन्डर्सको नेतृत्वमा नेपाल भ्रमणमा आएको कोषको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा नेपालको औद्योगिक, वाणिज्य, बैकिङ, कर, श्रम ऐन, कम्पनी ऐन, औद्योगिक व्यवसाय ऐनका बिषयमा छलफल भएको थियो । साथै नेपालमा लगानीको वातावरण, वैदेशिक लगानीका लागि नेपालले लिएको नीति लगायतका विषयमा पनि छलफल भएको उद्योग बाािणज्य महासंघले जनाएको छ ।

राजनीतिक रुपमा नेपालले निकै धेरै फड्को मारेपनि केही नीतिगत अस्थिरता, कमजोर पूर्वाधार तथा कतिपय क्षेत्रमा इच्छाशक्तिको अभावका कारण आर्थिक विकासले गती लिन नसकिरहेको महासंघले आइएमएफको टोलीलाई जानकारी गराएको थियो । साथै महासंघले दक्ष जनशक्ति अभाव मुख्य समस्या रहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?