+
+

बुटवल उपमहानगरको पहिलाे निर्णयः बसोबासलाई व्यवस्थित गरिने

रासस रासस
२०७४ साउन १ गते ९:२६

१ साउन, बुटवल । बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले बुटवलको अव्यवस्थित बस्तीको लगत संकलन गरी समाधानका प्रभावकारी काम अगाडि बढाउने निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले नगरभित्र रहेको अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्ने, अभिलेख तयार पार्ने र त्यसको व्यवस्थित अध्ययन गर्ने र सार्वजनिक जग्गा संरक्षणको प्रभावकारी काम गर्न कार्यदल गठन गरेको छ ।

त्यस्तै एकीकृत बृहत शहरी विकास गुरुयोजना निर्माणका लागि शहरी योजनाकार सुशील ज्ञवालीको संयोजकत्वमा विभिन्न विधाका विज्ञहरु रहने गरी एक विज्ञ समूह गठन गर्ने पनि निर्णय भएको छ ।

खानेपानीको समस्यालाई समाधान गर्नका लागि उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख र खानेपानी संस्थानका प्रमुख रहने कार्यदल गठन गर्ने निर्णय गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?