+
+

सडकको समस्या बिसाउन बिराटनगर आइपुगे धरानका मेयर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते १६:४१


१ साउन, विराटनगर । सडकमा आएको भेलले काठमाडौंमा एक बालिकाको ज्यान गयो भने अर्की एकको उद्दार भएको छ । नालीमा परेर बालिकाको ज्यान नै गएपछि सरकारको सर्बत्र आलोचना भएको छ र, बल्ल सरकारको ध्यान गएको हो कि जस्तो भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र सडकको खाल्डाखुल्डी देख्नु नपरोस् भनेका छन् । तर, सडकको समस्या काठमाडौंमा मात्र होइन, पूर्वको एक मात्र महानगर विराटनगर तथा उपमहानगर इटहरी र धरानका सडक पनि अस्तव्यस्त छन् ।

अस्तव्यस्त सडकका कारण सुन्दर शहर कुरुप बनेको मात्र छैन, धरानबासीले दैनिक हैरानी खेप्दै आएका छन् ।

नगरवासीका यही गुनासो बोकेर मेयर तारा सुब्बा करिव ४५ किलोमिटर टाढा बिराटनगर आइपुगेका छन् । मेयर सुब्बा नेतृत्वको टोलीले विराटनगरस्थित क्षेत्रिय सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीलाई भेटेर सडक समस्याबारे ध्यानाकर्षण गराएको छ ।

ठेकेदारको ढिलासुस्तीका कारण नगर क्षेत्रको सडक निर्माण कछुवा गतिमा भएको उनीहरुले बताएका छन् ।

मेयर सुब्बाले बुँदागत रुपमै धरानबासीले भोग्नु परेका आधा दर्जन समस्या डिभिजन प्रमुख चौधरीलाई सुनाएका छन् । उनले वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे पुलको निर्माणमा ढिलाईका साथै बरगाछीदेखि धनकुटा सडक खण्ड, आकाश मार्ग, तीनकुनेदेखि वीपी कोइराला विज्ञान प्रष्ठिान जाने सडक, भोटेपुलदेखि चतरा जाने सडककोे समस्याबारे डिभिजन प्रमुखलाई अवगत गराएका थिए ।

‘दैनिक सयौको संख्यामा ओहर-दोहर गर्ने धनकुटे पुलको काम ढिलो हुँदा समस्या भएको छ,’ धरानका मेयर सुब्बाले भने, ‘निर्माण सुरु भएको महिनौं दिन वितिसक्दा पनि काम भएको छैन । ठेकेदार कम्पनीलाई कडाईको साथ काम गर्न लगाउनु पर्छ ।’

उनले अघि भने, ‘नेपाल परिवार नियोजन संघको कार्यालय अगाडि सडक खाल्टै खाल्टो छ । सेउती करीडोरको सर्वेको लागि ५० लाख छुटाएको थियो, त्यसको काम के हुँदैछ ?’

डिभिजन प्रमुख चौधरीले सेउती करिडोरको सर्बेको काम सम्पन्न भएको र अरु काम अघि बढ्ने बताए ।

धरान क्षेत्रका सडकहरुको काम भइरहेको भन्दै ठेकेदारलाई चाँडै काम गर्न निर्देशन दिएको बताए । उनले भने, ‘इटहरीदेखि धरानसम्म ६ लेडको काम अघि बढ्ने तयारीमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?