+
+

महिला बेच्न खोज्ने चार युवा नुवाकोटमा पक्राउ

रासस रासस
२०७४ साउन १२ गते ८:२६

१२ साउन, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौंमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार नुवाकोटको खरानीटारबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, एक अर्को घटनामा दुप्चेश्वर–५ समुन्द्रटार कामचोकमा कुटपिटबाट ३२ वर्षीय कुमार तामाङको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न तामाङका छिमेकी ४४ वर्षीय दीपक तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

मङ्गलबार दीपक र कुमारबीच घरायसी विषयमा विवाद हुँदा दीपकले कुमारलाई कुटपिट गरेका थिए । दीपकको कुटाइका कारण कुमारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?