+
+

कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते १२:१८

२४ साउन, काठमाडौं। कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?