+
+

जिल्ला समन्वय समितिमा कांग्रेस-माओबादी गठनबन्धन निर्विरोध

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ साउन २९ गते १७:०१

२९ साउन, दार्चुला । जिल्ला समन्वय समिति नेपाली कांग्रेस-माओबादी गठनबन्धन निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिको उम्मेदवारीका लागि २३ गते कांग्रेस-माओबादी गठनबन्धनका तर्फबाट उम्मेदवारी परेको थियो । एमालेले जिल्ला समन्वय समितिमा उम्मेदवारी नै दिएको थिएन ।

जिसस संयोजकमा नेपाली कांग्रेसका वीरबहादुर कार्की र उपसंयोजकमा माओबादी केन्द्रका कृष्णसिंह धामी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कांग्रेसका तर्फबाट भाबीदेवी मौर, दमन्ती लोथ्याल, सन्तोष दयाली, जयराज विष्ट तथा माओबादीबाट उदयसिंह डडाल, वीरसिंह कार्की र पार्वती सिंह निर्विरोध निर्वाचित भएका छन् ।

आजै निर्विरोध प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिनु साथै सपथ ग्रहण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?