+
+

बाढी पीडितलाई सगुनको १० हजार डलर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १६:२७

३२ साउन, काठमाडौं । तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि सगुन डट कमले १० हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सगुनले बिज्ञप्तिमार्फत तराईका जनताका लागि १० हजार डलर सहयोग गर्ने घोषणा गरेको हो ।

सहयोग धुर्मुस-सुन्तली फाउण्डेसनमार्फत पीडितसमक्ष पुर्‍याइने सगुनले जनाएको छ । यसअघि भूकम्पपीडितलाई गरेको सहयोग पनि सगुनले धुर्मुस सुन्तली फाउण्डेसनमार्फत उपलब्ध गराएको थियो ।

बाढीले तराईका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । यहाँको भौतिक सम्पत्तिमा धेरै क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?