२ भदौ, काठमाडौं । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् ।
त्यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधान्यायाधीश गोपाल पराजुली लगायतको पनि उपस्थिति थियो ।