+
+

कैलालीको खानीडाँडामा बस दुर्घटना, दुईको मृत्यु

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ भदौ ५ गते १५:३४

५ भदौ, कैलाली । कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस आज दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मृतकहरुमा डोटी जोरायल गाउँपालिका-५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका-५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् ।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले जानककारी दिए ।

बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?