+
+

चुनावी रणनीति बनाउन एमाले शीर्ष नेताहरु वीरगन्जमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ११ गते १७:०७

१० भदौ,वीरगन्ज । प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउन एमालेका शीर्ष नेता वीरगञ्जमा जम्मा भएका छन् ।

कार्यवाहक अध्यक्ष बामदेव गौतम र बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु सम्मिलित रणनीतिक बैठक वीरगन्जमा सुरु भएको छ ।

२ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले शीर्ष नेताहरुको उपस्थितिमा अगुवा नेता कार्यकर्ताको बैठक राखेको हो । बैठकमा गौतम र नेपालका साथै उपमहासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदेश न २ का संयोजक सत्यनारायण मण्डल, उप-सयोजक नागेन्ऽ चौधरी, राजेन्ऽ पाण्डे, रघुवीर महासेठ लगायतका नेताहरु सहभागी छन् ।

बैठकले उम्मेदवारको टुंगो लागेका स्थानीय तहमा नामावलीलाई अन्तिम रुप दिने र टुंगो नलागेको स्थानीय तहमा उम्मेदवार तय गरिनेछ ।

धनुषा, महोत्तरी, सर्लाही र रौतहटका केही स्थानीय तहको उम्मेदवारीमा विवाद देखिएको छ । यो बैठकले ती विवाद पनि हल गर्ने नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?