+
+

एक महिनाको आयात झण्डै खर्ब, निर्यातभन्दा १२ गुणा बढी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १७:०६

१४ भदौ, काठमाडौं । नेपालले गत साउनमामात्रै झण्डै एक खर्ब रुपैयाँ बराबरको बस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार गत साउनमा ८६ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।

विभागका अनुसार साउन महिनामा नेपालले जम्मा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तुमात्र निर्यात गरेको छ ।

गत साउन महिनामा निर्यातको तुलनामा झण्डै १२ गुणा बढी आयात भएको विभागले जनाएको छ ।

साउनमा भएको कुल आयात साउन ०७३ को तुलनामा २३ दशमलव ५७ प्रतिशतले बढी हो । ०७३ साउनमा नेपालले ७० अर्ब १६ करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको थियो ।

त्यस्तै, विभागका अनुसार गत साउनमा नेपालले गरेको बस्तु निर्यात साउन ०७३ को तुलनामा ३ दशमलव ५ प्रतिशतले कम हो । साउन ०७३ मा नेपालले ६ अर्ब ९५ करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको थियो ।

गत साउनमा नेपालको व्यापार घाटा ७९ अर्ब ९९ सय करोड पुगेको छ । यो व्यापार घाटा साउन ०७३ को तुलनामा २६ दशमलव ५५ प्रतिशतले बढी हो ।

गत साउनमा नेपालले कुल ९३ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

साउनमा नेपालले ५५ अर्ब ७२ करोड रुपैयाँ बराबरको बस्तु भारतबाटमात्रै आयात गरेको छ । त्यस्तै, चीनबाट ११ अर्ब १५ करोड रुपैयाँ बराबरको र अर्जेन्टिनाबाट २ अर्ब ४२ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?