+
+

गृहमन्त्रीको प्रष्टीकरण- आचारसंहिता उल्लंघन गरेको छैन

'पार्टीको गाडी चढेको छु, कार्यकर्ताको घरमा खाना खाएको छु'

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १८:००

२६ भदौ, बारा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् ।

सोमबार बाराको कलैया नगरपालिका-१० मटिअर्वामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै मन्त्री शर्माले भने, ‘पार्टी कार्यकर्ताको हैसियतले चुनाव प्रचार गर्न पाइन्छ, मैले निर्वाचन आचारसंहिता उल्लंघन गरेको छैन ।’

गृहमन्त्री शर्माले आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले बाराले विज्ञप्ति नै जारी गरेर विरोध गरेको थियो ।

माओवादी केन्द्रको सचिवालय सदस्यसमेत रहेका शर्माले भने, ‘स्थानीय पार्टीको गाडी चढेको छु, पार्टी कार्यकर्ताको घरमा खाना खाएको छु, गृहमन्त्रीको हैसियतमा दुई नम्बर प्रदेशको सुरक्षा स्थितिको अनुगमन पनि गरिरहेको छु ।’

असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न सबै दलहरुलाई अपिल गर्दै मन्त्री शर्माले प्रशासन र सुरक्षा निकायका अधिकारीहरुलाई कुनै पार्टीको पक्षमा नलाग्न निर्देशन समेत दिए ।

‘प्रशासन र सुरक्षा निकायका अधिकारीहरुलाई राजनीतिक रुपमा थोरै पनि दायाँ-बायाँ गरेको पाइए कारवाही गरिने छ,’ मन्त्री शर्माले भने ।

रक्सीसँग भोट नसाट्नुस्

गृहमन्त्री शर्माले स्थानीय तह निर्वाचनमा परिवर्तनकामी उम्मेदवारलाई बिजयी गराउन उनले आग्रह गरे । ‘रक्सीले भुलाउन र पैसा दिएर भोट फकाउन खोज्नेहरु पनि आउलान्, त्यस्तालाई खबरदारी गर्नुस्,’ मन्त्री शर्माले भने, ‘यो रगतसँग साटेर ल्याएको अधिकार हो, यो अधिकारको दुरुपयोग भएमा हामीले अझै दुःख पाउने छौं ।’

ऊर्जामन्त्री हुँदा भ्रष्टाचारविरुद्ध लडेर लोडसेडिङ अन्त्य गरेको जानकारी दिँदै उनले अब गुण्डागर्दी र विकृति विसंगती अन्त्य गर्ने बताए ।

‘गृहमन्त्रीको कुर्सीमा बसेर ब्यक्तिगत स्वार्थसिद्ध गर्न खोजेको छैन, बरु समाजको विकृती, विसंगती र गुण्डागर्दी अन्त्य गर्दै राष्ट्रसेवा गर्ने कुरा सोचेको छु,’ मन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?